पूर्व सूचना र सावधानी

नेपालको रसुवा जिल्ला लगायतका स्थानहरूमा आएको विपद्, त्यसपछिको उद्धार राहतका कामहरूको विषयहरू अहिले पनि प्रभावकारी रूपमा भइरहेका छन् । कतिपय जनचाहनाअनुसारका हुन नसकेका गुनासाहरू पनि नआएका होइनन् तर सरकार र अन्य विभिन्न निकायहरूको सहयोगमा राज्यको क्षमताले भ्याएसम्मको कामहरू चलिरहेका छन् ।
विपद् आउने विषयहरूमा बाढी पहिरोको केही हदसम्म सामान्य अनुमान गर्न सकिने अवस्था संरचनागत रूपमा पत्ता लगाउन सकिने भएकोले पनि त्यस्ता विषयहरूमा किन ढिलाइ भयो भन्ने गरिन्छ । कतिपय मौसमजन्य विपद्हरूमा भने केही पूर्वानुमान गरिएको नै हुन्छ । जुन कुरा जल तथा मौसम विभागले आउन सक्ने समस्या र त्यसबाट जोगिनका लागि पूर्व सुचना जारी गर्दा गर्दै पनि कतिपय घटनाहरू हुने गरेका छन् ।

नेपालमा यही शुक्रवार, शनिवार र आइतबार देशका विभिन्न स्थानहरूमा निकै ठुलो बर्सातसँगै हावाहुरीको सङ्केत देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाई सकेको छ । यस्तो अवस्थामा नदी किनारका बस्तीहरूले सुरक्षित स्थानमा सार्ने विषयलाई सम्बन्धित निकायहरूले ध्यान दिन जरुरी देखिन्छ । अर्कोतर्फ पहाडी क्षेत्रका जोखिम बस्तीहरू केही समयका लागि सुरक्षित स्थानमा सार्ने काममा पनि सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दल सबैले हातेमालो गर्दै जन धनको क्षति हुनबाट जोगाउन सकिने आधारहरू खोजी गरेर जोगाउनुपर्ने देखिएको छ ।

अनि मौसम लगायतका अन्य विपद्हरू भइसकेको खण्डमा पनि त्यसबाट जोगिनका लागि पनि सम्बन्धित निकायका टेलिफोन नम्बरहरू समेतको जानकारी हरेक व्यक्तिले राख्नुपर्ने देखिन्छ । पूर्व सतर्कता, जोखिम पछिको पुनस्र्थापना यस्ता विषयहरूमा सबै तह र तप्काबाट सहयोगहरू जुटाउने कामहरू जरुरी छ । जलवायु जन्य जोखिमका विषयमा त सरकारले ठुला विकसित राष्ट्रहरू पूर्ण रूपमा क्षतिपूर्तिको माग गरेर आगामी दिनमा हुने थप जोखिमबाट बच्ने उपायहरू प्रभावकारी रूपमा लागु गर्नुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार